१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

किन रोइन इष्टु कार्की ?

 चर्चित कन्टेन्ट क्रियटर इष्टु कार्की सामाजिक सञ्जालमा रुँदै सार्वजनिक भएपछि उनका समर्थक र दर्शकमाझ चिन्ता र जिज्ञासा बढेको छ। टिकटक लाइभमा भावुक बनेकी उनले आफू केही दिनयता मानसिक यातनामा परेको र जीवनमा अनौठा घटनाहरू घटिरहेको बताएकी छन्।

शुक्रबार बेलुका टिकटक लाइभमा आएकी इष्टुले आफूलाई के कारणले यस्तो अवस्था भोग्नुपरेको हो भन्ने स्पष्ट नभएको बताइन्। कुनै व्यक्तिको नाम नलिई उनले हात जोड्दै माफीसमेत मागेकी थिइन्।

लाइभमा निकै भावुक देखिएकी उनले आफूलाई यातना नदिन आग्रह गर्दै, बरु ज्यान लिनुपर्ने अवस्था भए पनि यसरी दुःख नदिन अनुरोध गरेकी छन्। भिडियोमा उनी पटक–पटक रुँदै माफी मागिरहेको देखिन्छ।

इष्टुको उक्त भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा चर्चामा छ। आखिर उनीमाथि कस्तो दबाब वा घटना परेको हो भन्नेबारे उनले स्पष्ट खुलाएकी छैनन्, जसले उनको अभिव्यक्तिलाई थप रहस्यमय बनाएको छ।

यसैबीच, शनिबार उनले टिकटकमै अर्को भिडियो सार्वजनिक गर्दै आफू ‘राजनीतिको डर लाग्दो गेममा फसेको’ बताएकी छन्। तर, आफूसँग पर्याप्त प्रमाण नभएकाले यस विषयमा विस्तृत रूपमा बोल्न नसकिरहेको उनको भनाइ छ।

उनले कसैको नाम नखुलाएकाले इष्टुले संकेत गरेको ‘राजनीतिको गेम’ के हो र उनी किन यति धेरै मानसिक दबाबमा परेकी छन् भन्ने प्रश्नको जवाफ भने खुल्न बाँकी छ। सामाजिक सञ्जालमा उनका समर्थकहरूले घटनाबारे स्पष्ट जानकारी दिन र उनको सुरक्षाप्रति ध्यान दिन आग्रह गरिरहेका छन्।

रुँदै गरिएको इष्टुको लाइभ र त्यसपछि आएको ‘राजनीतिको डर लाग्दो गेम’ मा फसेको अभिव्यक्तिले अहिले मनोरञ्जन तथा सामाजिक सञ्जालको वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। यद्यपि, उनले प्रस्तुत गरेका दाबी र संकेतहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

प्रकाशित: १४ कार्तिक २०८३ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App