३ पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

के साँच्चै हजुरबाट पनि स्वीकार हुँदैन र आमा!

मुक्तक

१) मुक्तक

अब गराएर मेरो हार कस्तो, चल्दैछ?

रोक्याै या त लगातार कस्तो चल्दैछ?

छोड्याै मलाई आखिर के गुनासो गराैं,

भन् सानु, पिरतीको व्यापार कस्तो चल्दैछ।

२) मुक्तक

सम्बन्धमा खराब समय कदापि हुने छैन

छुट्नुपर्छ कि भन्ने भय कदापि हुने छैन

सताउला हरबखत तिमीले बुझिदिनु प्रिय,

जिन्दगीमा छुटिने निर्णय कदापि हुने छैन।

३) मुक्तक

के गरी चुलोमा आगो बाल्ला, सोच्नु भएन

चर्किएको मन कसरी सम्हाल्ला, सोच्नु भएन

हाकिम साहेब जागिरबाट निकाल्नु अगाडि,

दुःखमा परिवारलाइ कसरी पाल्ला, सोच्नु भएन।

४) मुक्तक

दुःख-पीडाहरू जिन्दगीमा भार, हुँदैन र आमा

साँचो माया अनि पिरतीमा हार, हुँदैन र आमा

अन्तरजातीय बिहे भनेर समाजले बहिष्कार गर्‍याे,

के साँच्चै हजुरबाट पनि स्वीकार, हुँदैन र आमा।

५) मुक्तक

दुःखको बेला हात समाउनु भाग्यमा नै हो,

यति असल मान्छे पाउनु भाग्यमा नै हो।

शब्द कुनै भेटिन तिम्रो बयान गर्नलाई सानू,

तिमी मेरो जिन्दगीमा आउनु भाग्यमा नै हो।

-सपना कुँवर

प्रकाशित: ८ कार्तिक २०८२ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App