१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

फागुन २१ पछि जवाफ दिन्छाैं, हामीलाई कमजोर नठाने हुन्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टी विरुद्ध सक्रिय प्रतिक्रियावादी शक्तिहरूलाई समय आएपछि तह लगाउने बताएका छन्।

आइतबार गृहजिल्ला झापामा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले विपक्षीहरूको घेराबन्दीलाई चिर्न एमाले सक्षम रहेको बताएका हुन्।

विपक्षी दलहरू र सरकारका गतिविधिप्रति आक्रामक देखिएका ओलीले आफूहरू अहिले चुपचाप काममा लागेको सुनाए।

उनले भने, ‘अहिले हामी काममा लागेका छौं। प्रतिक्रियावादी शक्तिहरूलाई कसरी तह लगाउनुपर्छ भन्ने हामीलाई राम्ररी थाहा छ। त्यसैले अहिले उनीहरूका सानातिना कुरामा अल्झिन चाहँदैनौँ।’

अध्यक्ष ओलीले आगामी फागुन २१ गतेपछि राजनीतिक परिस्थितिमा नयाँ मोड आउने बताउँदै भने, ‘अहिले धेरैले धेरैतिरबाट प्रश्न उठाइरहेका छन्, एमालेलाई घेराबन्दी गर्न खोजिरहेका छन्,’ उनले भने, ‘तर ती सबै भ्रम र षड्यन्त्रको जवाफ हामी फागुन २१ पछि ठोस रूपमा दिनेछौँ। कसैले एमालेलाई कमजोर नठाने हुन्छ।’

विगतदेखि नै एमाले विरुद्ध विभिन्न शक्तिहरूले मोर्चाबन्दी गरेको सुनाउँदै ओलीले ती सबैलाई समयले नै ठेगान लगाउने बताए।

प्रकाशित: ३ फाल्गुन २०८२ १६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App