२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

चलचित्रको बजार: आम्दानी चार आना, खर्च आठ आना!

हो हाम्रो नेपाली चलचित्र उद्योगको अवस्था हाल यस्तै छ। करोडौँ लगानी लगाएर बनाइएका चलचित्रहरूका व्यापार लाखमा सीमित भएका छन्। सिनेमा घरमा चलचित्रको संख्या बढ्दो छ। तर व्यापार भने अपेक्षित देखिँदैन। गत वैशाख तथा जेठमा करिब एक दर्जन चलचित्र प्रदर्शनमा आइसकेका छन्। तर यी प्रदर्शनमा आएका अधिकांश चलचित्रहरुको अवस्था दयनीय देखियो। धेरैजसोले सिनेमा घरमा दर्शक तान्न र टिक्न निकै संघर्ष गरिरहेका छन्। कति चलचित्र त २/३ दिनमै उत्रिएका छन्। 

दुईदेखि तीन करोड न्यूनतम लागत

विशेषज्ञका अनुसार वर्तमान समयमा एक चलचित्र निर्माणका लागि न्यूनतम दुईदेखि तीन करोड लगानी आवश्यक हुने गर्दछ। तर बक्स अफिस विवरण देख्दा चलचित्रको लगानी समेत नउठेको अवस्था रहेको छ। वैशाखदेखि जेठ यी दुई महिना समय अन्तरालमा तुलसी घिमिरे निर्देशित ‘पहाड’, प्रकाश सपुत र सुहाना थापा अभिनित ‘परालको आगो’, विजय बराल र वर्षा राउत अभिनित ‘मालती मंगले’, स्वस्तिमा खड्का अभिनित ‘लालीबजार’ चलचित्र ‘गुरु आमा’ , ‘एक मुठ्ठी बादल’, ‘मितज्यू’, ‘काजी’, ‘लाइफ ड्यामेज’, ‘कुम्भ’ तथा ‘रोल न.१’ लगायतका चलचित्र प्रदर्शनमा आए। यी मध्ये परालको आगो र लालीबजारको व्यापार अन्य भन्दा राम्रो देखिएको छ।  

केही समय अगाडी लालीबजारका अभिनेता अभयराज बरालले नागरिककर्मीसँगका कुराकानीमा लालीबजार तीन करोड लगानीमा बनेको उल्लेख गरेका थिए। चलचित्र लालीबजार वैशाख २५ देखि प्रदर्शनमा आयो। चलचित्र विकास बोर्डको विवरण अनुसार लालीबजार प्रदर्शनको पाँच सप्ताहमा यसले आठ करोड ७८ लाखको व्यापार गरेको छ। त्यसैसरि चलचित्र ‘परालको आगो’ ले आफ्नो लगानी सुरक्षित गर्न सफल भयो। वैशाख एकदेखि प्रदर्शनमा आएको उक्त चलचित्रले चार करोड २८ लाखको कलेक्सन गरेको छ। हालसम्म चलचित्र प्रदर्शनमा छ।

प्रदर्शनमा आएका र उत्रेका दर्शकले पत्तै नपाइएका चलचित्र

अन्यको त कुरै नगरौँ बाकीले आफ्नो लगानी समेत उठाउन धौ–धौ परेको छ। चलचित्र ‘काजी’, ‘लाइफ ड्यामेज’, ‘मालती मंगले’, ‘एक मुठ्ठी बादल’ तथा ‘गुरु आमा’ को एक करोड समेत पुग्न सकेन। यी मध्ये कतिपय त सिनेमा घरमा प्रदर्शनमा आएको र उत्रेको दर्शकले पत्तै पाएनन्। एक मुठ्ठी बादल को व्यापार निराशजनक रह्यो। यसको व्यापार ६ लाख पनि पुग्न नपाइ सिनेमाघरबाट उत्रियो। आफ्नो सिनेमाको पोस्टर तथा कलाकारको खर्च समेत उठाउन नसकेका चलचित्र निर्माताहरूमाथि आफैंमा प्रश्न पनि उठ्छ,–किन यति जोखिम लिएर महिनामा ८ देखि १० चलचित्र सिनेमा घरमारु यो अच्चम लाग्ने विषय मात्र होइन, सोच्नु पर्ने विषय पनि हो।

अन्य देशका घटना

यही घटना कतिपय ठाउँमा हाम्रो छिमेकी देश भारतमा पनि भइरहेको हुन्छ तर त्यहाँको अवस्था अलि फरक छ। सिनेमा घरसम्म दर्शक तान्न असफल भएका चलचित्रहरूका लागि अन्य प्लाफर्महरु पनि रहेको छ। ओटीटी तथा विदेश प्रदर्शनले चलचित्रको लगानी सुरक्षित गने बाटो खुलेको हुन्छ। तर नेपालको सन्दर्भमा कुरा गर्नु हो भने यहाँ सिनेमाघरको विकल्प केही छ्रैन्। जस कारण पनि चलचित्र जोखीममय तथा निर्माता ओझेलमा परेका छन्।

किन नेपाली चलचित्र ओझेलमा परे

किन नेपाली चलचित्र ओझेलमा परेका छन्? यसबारे निर्देशक, पटकथा लेखक तथा चलचित्र सम्पादक तुलसी घिमिरे बताउँछन्। व्यापार हेरेर हामी पनि चिन्तित छौँ। तर सबै चलचित्रको त नभनम एक–दुई वटाले रोम्रो व्यापार पनि गरेका छन्। कथा तथा पटककथा राम्रो हुँदा–हुँदा पनि चलचित्रको अपेक्षित व्यापार छैन्। यो सामान्य होइन। चलचित्र उद्योगमा हाल कैयौँ राजनीति चलिरहेको छ। कसैलाई चलचित्र निमन्त्रणा दियौँ भने आफैँले टिकट किनेर दिनु पर्ने यहाँ यस्ता प्रवृत्ति जन्मिएको रैछ। जुन मलाई थाहा थिएन। बाँकी मन्दी तथा मध्य पूर्वका लडाइका कारण उद्योगमा असर परेको उनले उल्लेख गरेका छन्। साथैँ पहिला जस्तो चलचित्र उद्योग नरहेको उनी सन्केत दिएका छन्।

प्रकाशित: २६ जेष्ठ २०८३ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App