महिला काव्य मञ्च (अन्तर्राष्ट्रिय मञ्च) को नेपाल इकाईले आयोजना गरेको मासिक गोष्ठी जायस जयाको सभाध्यक्षतामा भर्चुअल माध्यमबाट भएकाे छ।
महिला काव्य मञ्च राजस्थानकी अध्यक्ष सुनीता अग्रवाल प्रमुख अतिथि र विशिष्ट अतिथिहरू संस्थाको संस्थापक नरेश नाज (इन्डिया), स्पेनकी अध्यक्ष मञ्जु यादव, नेपालका सर्जकहरू मणिराज सिंह, रचिता दाहाल, इन्दिरा सापकोटा, इन्दिरा चापागाई, अस्मिता पटेल र रूचि शाहको पनि गरिमामय उपस्थितिमा नेपाली र हिन्दी भाषामा सिर्जना वाचन गरिएकाे थियाे
सभाध्यक्ष जायस जयाले रचनालाई नेपाली भाषामा वाचित रचना हिन्दीमा र हिन्दीमा वाचित रचना नेपाली भाषामा उल्था गरी सबैलाई बुझाएका थिए।
कार्यक्रम हरेक महिना साँझ ५: ३० नेपाली समयमा नियमित रूपमा हुने जानकारी जयाले दिइन्।
प्रकाशित: २६ माघ २०८२ ०९:५५ सोमबार





