१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

दक्षिण भारतमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’

फाइल तस्बिर।

दक्षिण भारतमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’ सम्पन्न भएको छ।

नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रको आयोजनामा बुधबार भारतको बङ्लोरमा ‘स्वास्थ्य शिविर तथा इन्डो–नेपाल सांस्कृतिक महोत्सव’ सम्पन्न भएको हो।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपाली कला संस्कृतिलाई प्रवासमा फैलाउनका लागि यस्ता सांस्कृतिक कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘नेपाल–भारतबीचको सम्बन्ध केवल भौगोलिक नजिकतामा मात्र होइन, सांस्कृतिक र आत्मिक एकतामा आधारित छ, यस्ता कार्यक्रमले आपसी मैत्री, सहयोग तथा साझा पहिचानलाई अझ मजबुत बनाउँछन्’, अध्यक्ष पाण्डेले भने।

उक्त महोत्सवमा सांस्कृतिक नृत्य, सङ्गीत, कविता र मैत्रीपूर्ण सांस्कृतिक आदान–प्रदानका माध्यमबाट नेपाल–भारतमैत्री सम्बन्ध सुदृढ पार्ने सन्देश प्रवाह गरिएको थियो।

सोहीअवसरमा समितिले इन्डो–नेपाल टोलीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो।

प्रकाशित: ३० आश्विन २०८२ ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App