३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘सिर्जनामा इनरुवा’ मा साहित्यिक जमघट

सिर्जनामा इनरुवाको ४९औ नियमित रचनावाचन श्रृङ्खला सम्पन्न भएको छ।

लिलानाथ सिलवालकाे अध्यक्षता तथा भुपाल अधिकारीकाेप्रमुख अतिथि मा कार्यक्रम भएकाे हाे। त्यसैगरी विशिष्ट अतिथिमा जिवनाथ पोखरेल पन्छी, अंशुकुमार गुप्ता र मिरा पोखरेल रहेका थिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष राधा सुवेदीले उपस्थित जनलाइशब्दमार्फत स्वागत गरेका थिए।

संस्थाका सचिव रमेन्द्र कोइरालाले सञ्चालन गरेकाे कार्यक्रममा  द्वारिकाप्रसाद पोखरेल, विष्णु दाहाल, युवराज दाहाल, फणीन्द्रप्रसाद दाहाल, ऋषि तिवारी, कुमार श्रेष्ठ, दशरथ शाह, प्रदिप कोइराला, दिपेश दास, यमुना भट्टराई, सुशीला प्रसाई दंगाल, सुमन श्रेष्ठ,अच्युत गौतम, रङ्गलाल भट्टराई, कविराज घिमिरे, सक्षम यादव, जेनिस देव, प्रकाश अनुराग, रिता थापा, शिवनारायण  पण्डित, झोटन मेहता, अविरल गौतम, इशानी घिमिरे आदि रहेका थिए।

कार्यक्रममा पुरस्कार रकम ११ हजार प्रदान गरेकोमा समाजसेवी मिरा पोखरेललाई र योगनाथ लघुकथा पुरस्कार हाम्रो लघुकथा केन्द्रबाट प्राप्त गरेकोमा रमेन्द्र कोइरालालाई सम्मान गरिएको थियो।

कार्यक्रममा कविता गजल, मुक्तक, लघुकथा हिन्दी,भोजपुरी, मैथिली गीत आदि वाचन भएको थियो। कार्यक्रममा विराटनगर, इटहरी, झुम्का, इनरुवा, भुटाहा आदिबाट उपस्थित भएका थिए।  

प्रकाशित: ३ जेष्ठ २०८३ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App