१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
शिक्षा

माध्यमिक विद्यालयका लागि कोरियाली भाषा पाठ्य सामाग्री हस्तान्तरण

नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले कोरियाली भाषा पाठ्य सामाग्री हस्तान्तरण समारोह आयोजना गरेको छ। नेपालभरका माध्यमिक तथा उच्च माध्यमिक शिक्षामा विद्यार्थीको बढ्दो चासोलाई सम्वोधन गरेको छ।

कोरियाली भाषाको विश्वव्यापी बुझाइलाई प्रवर्द्धन गर्न २०१२ मा स्थापना भएको किंग सेजोङ फाउन्डेसनले सुरु गरेको कोरियाली भाषा प्रवर्द्धन कार्यक्रम अन्तर्गत नेपालस्थित कोरियाली दूतावासले नेपालका करिब १५ वटा माध्यमिक स्कूलमा ९ देखि १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई ६०० भन्दा बढी आधारभूत कोरियाली भाषा पुस्तकहरू हस्तान्तरण गरेको छ। उक्त पुस्तक हस्तान्तरण समारोहमा रूपन्देही स्थित फ्यूचर लाइट इङ्लिस हाई स्कूलका प्रधानाध्यापक गम्भीर गुरुङ र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयोङका साथै दूतावासका कूटनीतिज्ञहरूको उपस्थिति रहेको थियो।

राजदूत पार्कले कार्यक्रममा मन्तव्य राख्दै कोरियाली भाषा आदानप्रदानलाई प्रवर्द्धन गर्न दूतावासले सक्रिय रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको बताए। त्यसैगरी निरन्तर पारस्परिक सहयोगले द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने र दुई राष्ट्रबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने धारणा राखे।

कोरियाली दूतावासले कोरियाली भाषालाई ऐच्छिक विषयको रूपमा अध्यापन गर्ने माध्यमिक र उच्च माध्यमिक विद्यालयहरुमा कोरियाली भाषाका पाठ्यपुस्तकको माग सर्वेक्षण गर्दै आएको छ। राजदूत पार्कले शिक्षा, रोजगारी र उद्यमशीलताको सन्दर्भमा कोरिया र नेपाल दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउनका लागि किङ सेजोङ संस्थालाई महत्वपूर्ण कदमको रूपमा प्रशंसा गरे।

प्रधानाध्यापक गुरुङले नेपालका माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई अत्यावश्यक आधारभूत कोरियाली पुस्तकको सहयोगका लागि गणतन्त्र कोरियाली दूतावास र कोरिया सरकार संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयलाई धन्यवाद दिए। उपलव्ध भएका पुस्तकहरले माध्यमिक तथा उच्च माध्यमिक तहमा कोरियाली भाषा अध्ययनका लागि इच्छुक विद्यार्थीहरूलाई कोरियाली भाषाको बारेमा सिक्न र द्विपक्षीय सम्बन्ध बढाउन मद्दत गर्ने बताए।

राजदूत पार्कले फ्युचर लाइट इङ्लिस हाई स्कूलबाट विसं २०८२ मा पहिलो ब्याचमा कोरियाली भाषा ऐच्छिक विषय लिएर परीक्षा दिएका २८जना विद्यार्थीलार्य बधाई दिनुका साथै हस्तान्तरण गरिएको पुस्तकहरू ज्ञानका पुलको भूमिका खेल्ने धारणा राख्दै कोरियाको समृद्ध टेपेस्ट्री अन्वेषण गर्न, दृष्टिकोण बुझ्न र नेपालमा नयाँ विचार र आविष्कारहरूलाई प्रेरित गर्न टेवा पुग्ने बारेमा प्रकाश पारे। राजदूत पार्कले पनि यस अवसरमा बधाई व्यक्त गर्दै नेपाल र दक्षिण कोरियाबीच लामो सुमधुर मैत्रीपूर्ण सम्बन्धको उल्लेख गरे।

कोरियाली दूतावासले सन् २०२३ र २०२४ मा विश्व भाषा क्याम्पसबाट कोरियाली भाषा प्रशिक्षक तालिम कार्यक्रम सञ्चालन गरी ३६ जना कोरियाली भाषा प्रशिक्षक उत्पादन गरी विभिन्न शिक्षण सँस्थामा आवद्ध रहेको जानकारी दिए। प्रशिक्षण तालिमका लागि कोरिया सरकारले ६३,००० अमेरिकी डलर उपलव्ध गराएको स्मरण गरे।

२०२७ को एसइइ परीक्षामा नेपालको लुम्बिनी, कर्णाली, कोशी, गण्डकी सुदूर पश्चिम र बाग्मती लगायतका प्रदेशमा १५ भन्दा बढी माध्यमिक विद्यालयमा विद्यार्थीको रुचि अनुसार ऐच्छिक भाषा विषयको रुपमा कोरियाली भाषालाई समावेश गर्ने गर्ने चरणमा रहेको छ।

प्रकाशित: ३ जेष्ठ २०८३ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App