१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

छायांकनमा ‘रोल नंं. १’

चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु भएको छ। दुई हप्ता लामो वर्कसपपछि निर्माण टिम छायांकनमा निस्किएको थियो।

चलचित्रको छायांकन म्याग्दीबाट सुरु भएको निर्माण टिमले जानकारी दिएको छ। करिब डेढ महिनाको सेडुयुल रहेको निर्माता विनोद पौडेलले जानकारी दिए।

मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, सुन्दर धिताल र निर्भीक रेग्मी चलचित्रको मुख्य भूमिकामा छन्।

जोन योञ्जनले यो ‘रोल नंं. १’ चलचित्रलाई निर्देशन गर्दैछन्। कथा पनि उनी स्वयंको रहेको छ।

चलचित्र ‘रोल नंं. १’ भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा बन्ने निर्माता पौडेलले बताए। सबैलाई जित्नै पर्ने, नजिते इज्जत नै हुँदैन र कक्षाको प्रथम नै विद्वान हो, अरू मुर्ख हुन् भन्ने कथा चलचित्रले उठाउनेछ।

यसअघि सार्वजनिक गरिएको फर्स्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको थियो। उसको अगाडि निलो सर्ट लगाएका विद्यार्थी कक्षाकोठाभरि थिए। अगाडि कालोपाटी थियो। नजिकै एक शिक्षिका थिइन्।

महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत रहनेछ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं कार्यकारी निर्माता रहेका छन्।

शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रको चिफ एडी फिरोड खड्का छन्। प्रोडक्सन डिजाइनरमा कला संग्रौला, प्रोडक्सन हेड मनोज जोशी छन्। मदन घिमिरेको सम्पादन रहनेछ।

निर्माता पौडेलको निर्माण रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ यही मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ।

प्रकाशित: १५ मंसिर २०८२ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App