१) समय सम्झन्छु
समय सम्झन्छु नौनारी गलेर आउँछ
जिन्दगी सम्झन्छु हुर्हुरी बलेर आउँछ।
बाटो र यात्राखर्च सम्झेर जिन्दगीको
अनायासै मेरो इच्छा क्या ढलेर आउँछ।
सम्भावनाका मुनाहरू टुसाउँदा टुसाउँदै
वज्र कठोर वेगको आँधी पेलेर आउँछ।
म अनाथको नाथ छैनन्
“मेरो नासो उठाइदेऊ” भन्दा हाँस्दे टेकेर आउँछ।
आनन्दले सुम्सुम्याउँदै हिंडिरहेका सपनाहरू
जिन्दगीको बिच बाटामै टुङ्गिएर आउँछ।
२) फूलको तकिया
फूलको तकियामा निदाउन सकिन बानी छैन यहाँ
भुसको तकियामा निदाउँथेँ होला सानी छैन यहाँ।
प्यास लाग्छ उखरमाउलो छटपटी यताउति
पिउँथेँ घटघटी धित मरुन्जेल पानी छैन यहाँ।
जे परोस् सिँउरिदिऊँ कि फूल एक थुँगा
थैट्! तर के गर्नू जवानी छैन यहाँ।
चढेँ पहाडहरू, ओर्लेँ समथर ठाउँहरूमा पनि
चढ्नुस् झर्नुहोस् गुप्तीले हानि छैन त्यहाँ।
प्रकाशित: ६ श्रावण २०८३ ११:३१ बुधबार



-600x400.jpg)

