अभिनेता राजेश हमालले अभिनेत्री सुरक्षा पन्तलाई दिएको एक अभिव्यक्तिका कारण राजेश हमाल विवादमा तानिएका छन् । अहिले सामाजिक सञ्जालमा हमालको टिप्पणीका विषयमा चर्चा हुन थालेको छ ।
हमालको टिप्पणी सामाजिक सञ्जालमा भाइरल भएपछि निर्देशक सन्तोष सेनले त्यसको निन्दा गरेका छन्।
हालै आइतबार आयोजित कार्यक्रममा हमाल बोल्ने क्रममा ‘सुरक्षाको अनुहार देखेर हास उठ्यो’ भनेर ठट्टयौली पारामा बोलेका थिए। उनको उक्त क्लिप भाइर भएपछि सेनले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन्। सेनले हमालको प्रशंसा गर्दै भने उनी मेरो मन पर्ने अभिनेता हुन, तर सुरक्षालाई लिएको केही अभिव्यक्तिले आफूलाई असहज गराएकोे सेनले उल्लेख गर्दै लेखे–‘ एक कार्यक्रममा उहाँले अभिनेत्री सुरक्षा पन्तलाई लिएर दिनुभएको अभिव्यक्तिको क्लिप सुन्दा केही असहज महसुस भयो। उहाँले कुन मनसायले त्यो कुरा भन्नुभयो, त्यो मलाई थाहा छैन‘
तर, सुनिएको प्रस्तुतिले सुरक्षा पन्तलाई केही हदसम्म होच्याएजस्तो लाग्छ’।
मनसाय जे भए पनि कुरा सुन्दा असहज महसुश गराएको भन्दै उनले थपे–‘मलाई विश्वास छ, महानायक राजेश हमाल त्यस्तो सोच राख्ने व्यक्ति हुनुहुन्न‘ तर, उहाँको मनसाय जे भए पनि, कुनै व्यक्तिप्रतिको त्यस्तो प्रकारको शैली धेरैलाई मन नपर्न सक्छ‘ सम्मान आफ्नै ठाउँमा छ, तर असहज लागेको कुरा असहज नै भन्नुपर्छ’।
प्रकाशित: २५ श्रावण २०८३ १५:३२ सोमबार





