बलिउड अभिनेता शाहिद कपुर अभिनीत रोमान्टिक–कमेडी जनरामा केन्द्रीत फिल्म 'कॉकटेल २’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ। पहिलो दिन दोहोरो अंकमा ओपनिङ गरेको यो फिल्मले दोस्रो दिन पनि जबरजस्त कमाइ गर्दै सप्ताहन्तको फाइदा उठाएको छ।
रिपोर्ट अनुसार, निर्देशक होमी अदजानिया द्वारा निर्देशित तथा मैडॉक फिल्म्स द्वारा निर्मित यस फिल्मले रिलिज भएको दुई दिनमै २० करोड रुपैयाँभन्दा बढी कमाइ गर्न सफल भएको छ।
सैकनिल्कका अनुसार, फिल्मले रिलिजको दोस्रो दिन अर्थात् शनिबार १६.२५ करोड भारु कमाएको छ। यसअघि शुक्रबार फिल्मले १३.५० करोड रुपैयाँको ओपनिङ गरेको थियो। यससँगै दुई दिनको कुल घरेलु कमाइ २९.७५ करोड रुपैयाँ पुगेको छ।विदेशी बजारमा पनि फिल्मले राम्रो प्रदर्शन गरिरहेको छ।
दोस्रो दिन ८ करोड रुपैयाँ कमाउँदै यसको कुल विदेशी कमाइ १.।२५ करोड रुपैयाँ पुगेको छ। यससँगै फिल्मको विश्वव्यापी कुल कलेक्सन ५०.९५ करोड रुपैयाँ पुगेको बताइएको छ।
फिल्ममा शाहिदसँगै कृति सेनन र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्। फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ। दर्शक र समीक्षक दुवैबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
नेपालमा यसले कति व्यापार गर्यो हेर्न बाँकी छ।
प्रकाशित: ७ असार २०८३ १८:०२ आइतबार




-600x400.jpg)
