३० चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

माधव वियोगीलाई सम्मान

लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार माधव वियोगीलाई सम्मान गरेकाे छ।

प्रतिष्ठानले त्रैमासिक रचना वाचन तथा सम्मानको ५७ औँ शृङ्खलामा साहित्यकार वियोगीलाई नगद राशि १० हजार रूपैयाँ र सम्मानपत्रसहित प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले सम्मान गरेका हुन्।

विजयध्वज थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वहरूमा बमबहादुर थापा 'जिताली', प्राडा भागवत ढकाल, प्राडा गोविन्दमानसिंह कार्की, निर्मोही व्यास, रामप्रसाद पन्त, श्रीओम श्रेष्ठ 'रोदन' को लगायतको उपस्थिति थियो।

कार्यक्रममा सम्मानित वियोगीले विभिन्न साहित्यिक व्यक्तित्वहरूको हाैसलाबाट आफू साहित्यमा लागेको र साहित्यकार लीलाध्वज थापा साहित्य पुरस्कारबाट पुरस्कृत हुन पाएकोमा खुसी व्यक्त गरेका थिए।

छन्दमा लेख्नेहरूलाई हेपे पनि २०४१ देखि विद्यार्थीहरूलाई छन्द लेख्न सिकाएको उनले बताए। छन्द बचाउ अभियानअन्तर्गत २०५३ मा घोषणापत्रसहित आन्दोलनमा उत्रेको पनि उनले बताए।

कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले सम्मानित वियोगीको परिचय र उनकाे याेगदान प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्राडा भागवत ढकाल, प्राडा गोविन्दमानसिंह कार्की, श्रीओम श्रेष्ठ 'रोदन', डा.बमबहादुर थापा 'जिताली' र मदनराज थापाले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष थापाले माधव वियोगी जस्ता स्रष्टालाई सम्मान गर्दा प्रतिष्ठान स्वयम् सम्मानित भएको बताए। यो सम्मान ८४ औं भएको उनको भनाइ थियो।

काठमाडाैंकाे बालनमूना माध्यमिक विद्यालय बालुवाटारमा भएको कार्यक्रमको सञ्चालन उत्तम विचारले गरेका थिए।

उक्त कार्यक्रममा सुभाषचन्द्र पौडेल 'भीमफेदीया', गङ्गा खड्का, मानन्धर अभागी, ध्रुवराज थापा 'पुरुष', कुमार नेपाल, प्रार्थना खनाल, कृष्णप्रसाद पौडेल 'जस्ताघरे', वीरबहादुर लोहनी, टेकबहादुर लौडारी, नीरा श्रेष्ठ, अरूण खड्का, रामचन्द्र न्यौपाने 'बनवासी', प्रमोद भण्डारी, सुन्दर खड्का, पुष्पा धमला 'स्वप्निल', बद्री उप्रेती, नम्रता उप्रेती, खेमराज शर्मा, रणबहादुर बुढाथोकी, तारा सुवेदी, अमर कीर्तिमानी, जिकेएन खडेरी, द्वारिका कुइँकेल, मदनराज थापा लगायतले रचना वाचन गरेका थिए।

प्रकाशित: ३० चैत्र २०८२ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App