१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश- देश प्रयोगशाला मात्र बन्यो, कोरा परिवर्तनले स्थिति सुध्रेन

पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना व्यक्त गर्दै नेपालमा भएका राजनीतिक परिवर्तनहरू ‘कोरा’ मात्र साबित भएको बताएका छन्।

नयाँ वर्षको पूर्वसन्ध्यामा एक भिडियो शुभकामना जारी गर्दै उनले दलहरूको राजनीतिक खिचातानीले देश पछाडि परेको र सधैँ प्रयोगशाला मात्र बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

देश तथा विदेशमा रहेका नेपालीमा सुख र शान्तिको कामना गर्दै पूर्वराजा शाहले विगतका कमीकमजोरी सच्याउँदै देशलाई प्रगतिको बाटोमा अघि बढाउनुपर्ने बताए।

शाहले भनेका छन्, ‘विधि, पद्धति र व्यक्ति बदलेर मात्र समग्र स्थिति नबन्ने रहेछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ। सधैँ प्रयोग, सधैँ अभ्यास र सधैँ विकल्पको खोजीमा मात्र हामी लाग्यौं, फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो।’

उनले दलदलको खलबलमा देश दौडिए पनि राष्ट्रको श्रीवृद्धिमा निकै पछाडि परेको र स्थिरता तथा निरन्तरता हराएको सुनाए।

प्रकाशित: ३० चैत्र २०८२ १६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App