२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

धर्मेन्द्रलाई पद्म विभूषण प्रदान गरिँदा हेमा मालिनीको प्रतिक्रियाः मलाई अत्यन्त गर्व छ

अभिनेत्री तथा सांसद हेमा मालिनीले आफ्ना दिवंगत पति तथा प्रसिद्ध अभिनेता धर्मेन्द्रलाई मरणोपरान्त पद्म विभूषणबाट सम्मानित गर्ने निर्णयप्रति प्रतिक्रिया जनाएकी छन्।पद्म विभूषण देशको दोस्रो सबैभन्दा ठूलो नागरिक सम्मान हो।

हेमा मालिनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत आफ्ना भावना व्यक्त गर्दै यस सम्मानप्रति खुशी र आभार प्रकट गरेकी छन्।

उनले लेखेकी छन्, ‘मलाई अत्यन्त गर्व छ कि सरकारले धर्मेन्द्रजीले फिल्म उद्योगमा पु¥याउनुभएको अपार योगदानको कदर गर्दै उहाँलाई प्रतिष्ठित पद्म विभूषण सम्मान प्रदान गरेको छ।’ धर्मेन्द्रसँगै चार अन्य व्यक्तिलाई पनि पद्म विभूषण प्रदान गर्ने घोषणा गरिएको छ।

यस वर्ष १३ जनालाई पद्म भूषण पुरस्कार र ११३ जनालाई पद्म श्री पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। धर्मेन्द्रसँगै सर्वोच्च अदालतका पूर्व न्यायाधीश केटी थॉमस, भायोलिन वादक एन राजम, साहित्य तथा शिक्षा क्षेत्रका पी नारायणन, र केरलका पूर्व मुख्यमन्त्री वी.एस. अच्युतानन्दनलाई पद्म विभूषण प्रदान गरिनेछ। एजेन्सी

प्रकाशित: १२ माघ २०८२ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App