चैत १३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘हामी तीन भाइ’ को बक्स अफिस कलेक्सन सार्वजनिक गरिएको छ।
सीमित हलमा प्रदर्शनरत चलचित्रले अपेक्षाअनुसार व्यापार गर्न सकेन। चलचित्र विकास बोर्डको बक्स अफिसले चलचित्रको चैत २८ गते शनिबार सम्मको कलेक्सन निकालेको छ।
बक्स अफिस अनुसार ‘हामी तीन भाइ’ले शनिबारसम्म देशभरमा ७ लाख २९ हजार ८०५ रुपैयाँको व्यापार गरेको छ। सोही अवधिमा यो चलचित्रका २७६८ वटा टिकट बिक्री भएका छन्।
यस्तै, ‘आबाट आमा’ले ग्रस १३ करोड १५ लाख १ हजार ५२० रुपैयाँ कमाइ गरेको छ । चलचित्रका ५ लाख ४ हजार ९०५ वटा टिकट बिक्री भएका छन्।
प्रकाशित: ३० चैत्र २०८२ १७:४६ सोमबार





