साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुला ‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता - २०८२’ को सूचना सार्वजनिक गरेको छ। सो प्रतियोगिता अमेरिकामा रहेका समाजसेवी सपना राउतले रकम प्रायोजन गर्ने पनि जनाएको छ।
सो प्रतियोगिताको लागि कविता समसामयिक विषयमा लेखिएको हुनुपर्ने पनि जनाएको छ। साथै प्रतियोगितामा ४० वर्ष उमेर ननाघेकाहरू मात्र सहभागी हुन पाउनेछन् र कविता अप्रकाशित हुनुपर्ने पनि संघका अध्यक्ष राधेश्याम लेकालीले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दोस्राे हुनेले २० हजार र तेस्रा हुनेले १० हजार सहित प्रमाणपत्र पाउने पनि उल्लेख गरिएको छ। साथै सहभागी उत्कृष्ट २५ कविलाई प्रमाणपत्र प्रदान प्रदान गर्ने पनि जनाइएको छ।
संघले प्रतियोगिताको लागि कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८२ पुसमसान्तलाई तोकेको छ।
प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरूको सङ्ग्रह प्रकाशित गर्ने पनि जनाएको छ। साथै प्रतियोगिताको लागि कविता पठाउन Sapasa2029@gmail.com इमेल आइडी पनि उल्लेख गरेको छ।
प्रकाशित: ३ मंसिर २०८२ १०:१९ बुधबार





