शिखा बुक्सले गजलकार कमल संघर्षकाे ‘हियाका कुडा’ गजलसङ्ग्रहकाे लोकार्पण गरेकाे छ।
कार्यक्रममा विवेक ओझा, शितल कादिम्बनी, पूर्ण रावल, गजलकार कमल संघर्ष र पुष्पराज पौडेलले कृतिकाे लोकार्पण गरेका हुन्।
कार्यक्रममा न्याधन रामन, लक्ष्मण संगम र मदन बुढाले संग्रहका गजल वाचेका थिए।
पूर्ण रावलले कमलले गजलमा खस भाषालाई जोडेर देशलाई नै गुन लगाएको बताए।
शितल कादम्बिनीले कमलकाे हियाका कुडा पढेपछि आफूलाई डाह र इख लागेको बताइन्। गजल जति पटक पढ्दा पनि त्यति धेरै पढ्न मन लाग्ने बताइन्। उनले आफूले मन परेको गजल पनि गाइन्।
मदन पुरस्कार विजेता विवेक ओझाले कमल आफ्नो समकालीन रहेको र उसका गजलबाट आफू प्रभावित रहेको र हियाका कुडामा पश्चिम नेपालको इतिहासलाई गजलसित जोड्न साफल भएकोमा थप खुसी लागेको बताए।
गजलकार संघर्षले आफ्नो तेस्रो कृतिमा पनि पहिला जस्तै मेहनेत गरेकाले पाठकहरूले मन पराउने बताए। उनका सडक र खुडी प्रकाशित छन् भने शिखा बुक्से प्रकाशन गरेको हियाका कुडाको मूल्य ३५०/– छ।
प्रकाशित: ४ फाल्गुन २०८२ ११:२१ सोमबार





