मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम भएको छ।
प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका राजु वाइवाले कार्यक्रम सञ्चालन गरेका थिए। प्रतियोगितामा २८ विद्यार्थीले उत्साहपूर्वक आफ्ना सिर्जनाहरू वाचन गरेका थिए।
कार्यक्रमको अध्यक्षता एकेडेमीका संस्थापक धर्मरत्न खाइतुले गरेका थिए। विशेष अतिथिका रूपमा डाइरेक्टर सरोज भट्टराई, प्रशासनिक प्रिन्सिपल नानीछोरी खाइतु, प्रिन्सिपल सुजन भट्टराई तथा गजलकार जुमन किरण उपस्थित रहेकाे थियाे।
मुक्तकसागरकी सम्पादक निशा केसी, नेपाली विषयकी शिक्षिका उर्मिला सापकोटा र साहित्यकार वसुन्धरा चौहान "सुनिता" निर्णायक मण्डलमा रहेका थिए।
कार्यक्रमका क्रममा साहित्यकार वसुन्धरा चौहान "सुनिता" ले केही थान मुक्तक वाचेकी थिइन्। प्रशासनिक प्रिन्सिपल नानीछोरी खाइतुले विद्यार्थीहरूको प्रस्तुति देखेर खुसी व्यक्त गर्दै यस्ता साहित्यिक कार्यक्रमहरू विद्यालयमा अत्यन्त आवश्यक रहेको बताए।
त्यसैगरी, मुक्तकसागरकी सम्पादक निशा केसीले निर्णय सुनाउँदै साहित्यले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
दुर्बिन शर्मा 'विवेक' काे अनुसार गजलकार जुमन किरण र साहित्यकार वसुन्धरा चौहान सुनिताले कार्यक्रमको संयोजन गरेका थिए।
यस कार्यक्रमले विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि, आत्मविश्वास तथा सिर्जनशीलताको विकासमा सकारात्मक योगदान पुर्याएको विश्वास लिइएको छ।
प्रकाशित: १७ फाल्गुन २०८२ ११:१३ आइतबार





-600x400.jpg)