२९ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

जंगल जाने कर्मी माैरीकाे गुनासाे

कविता

ला! आमा।

खाेई हाम्राे परिश्रम?

हाम्राे पसिना?

मिहेनतले बनाएकाे घर

दुःखले जाेडेकाे मिठाे खाना

अनगिन्ती समय लगाएर  

उठाएकाे चाका (भण्डार)

खै ? आमा !

हाम्रा कलिला वंशहरू 

संसार डुलेर हेरेकाे छु

फूलहरूकाे रंग

रंगसँगै खाेजेकाे छु  

मिठाे रसहरू

तिमी र बाहरूलाई खुवाउन

म र हामी

जंगलमा बास बसेकाे छाैँ

रुखमा हराएकाे छाैँ

बगैँचाहरू चाहारेकाे छाै

प्रत्येक बाेट हैन

थुङ्गाहरूकाे केस्राकेस्रा केलाएकाे छाैँ

पर्यावरण, प्रकृति

र सन्तुलनका लागि  

फूलहरू खेलाएकाे छाैँ

तर खै? आमा

हाम्राे भविष्यहरू

खै हाम्रा खानाहरू

खै हाम्रा नानाहरू

खै भाइबहिनी सानाहरू 

हामीले सञ्चित गरेकाे

सुरक्षित राखेकाे

हाम्राे सम्पति

खै ? आमा !

खै?

प्रकाशित: २९ असार २०८३ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App