१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

लोकगायक डिल्ली पौडेलले ल्याए नयाँ गीत ‘हेरीनौ फर्केर’

लोकगायक डिल्ली पौडेलको नयाँ लोकगीत ‘हेरीनौ फर्केर’ सार्वजनिक भएको छ।

नयाँ गीतमा डिल्ली पौडेल र सुनिल केसीको प्रस्तुति छ। गीतको शब्द तथा लय स्वयं पौडेलकै छ भने स्वरमा डिल्ली पौडेल, रीना केसी र सुनिल केसीले साथ दिएका छन्।

गाउँघरको परिवेश, मौलिक लोकभाका र नेपाली संस्कृतिलाई गीतमार्फत उजागर गर्दै आएका पौडेलका यसअघि ‘पिपलुको पात’, ‘छ छैन मायाले बाटो चिनेको’, ‘बोडी र तरुल’, ‘केतुकी’ लगायतका गीतहरू पनि चर्चामा आएका छन्।

लोकदोहोरी गीत प्रतिष्ठान बागलुङका जिल्ला सदस्यसमेत रहेका पौडेलको नयाँ गीतले लोकसंगीतप्रेमीको राम्रो साथ पाउने अपेक्षा गरिएको छ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरास्थित शान्तिदीप बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखसमेत रहेका पौडेल शिक्षण पेशासँगै लोकसंगीत क्षेत्रमा पनि सक्रिय छन् ।

पौडेलको गीत गीत डिजिटल स्टार युट्युब च्यानलमार्फत बजारमा आएको हो।

प्रकाशित: १६ वैशाख २०८३ १६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App