आर्या इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्र ‘आ बाट आमा’को छायांकन सकिएको छ। अभिनेता पल शाहले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनले आभार व्यक्त गर्दै लेखेका छन्, 'आ बाट आमा’को आज छायाङ्कन सफल समापन भएको विशेष दिनमा सोही ब्यालरबाट बन्न लागेको दोस्रो चलचित्रमा आबद्ध हुन पाएको भए म अत्यन्तै उत्साहित र आभारी छु।'
शाहले आर्या इन्टरटेनमेन्ट र निर्देशक चन्द्र पन्तलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, 'उत्कृष्ट टिमसँग फेरि काम गर्ने अवसर प्रदान गर्नु भएकोमा निर्देशक चन्द्रपन्त दाई र आर्या इन्टरटेन्मेन्टलाई हृदयदेखि धन्यवाद'
शाहले चलचित्र उत्कृष्ट बन्ने विश्वास पनि गरेका छन् । उनले भनेका छन्, 'हामी सबैको सामूहिक मेहनतले अर्को उत्कृष्ट चलचित्र जन्मिने विश्वास लिएको छु। तपाईँहरूलाई भगवान रुपी दर्शकको साथ, माया र समर्थन सधैं रहियोस् ।'
प्रकाशित: ११ आश्विन २०८२ ०९:०८ शनिबार





