२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

सकियो ‘सारथी' को छायांकन

निर्देशक कुमार गजुरेल निर्देशित चलचित्र ‘सारथी’को छायांकन सकिएको छ। अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको सारथीको छायांकन म्याग्दीको हिमाली गाउँ गुर्जा खानी क्षेत्रमा गरिएको हो ।गत बैशाख १५ गतेबाट छायांकन सुरु भएको चलचित्रको सम्पुर्ण छायांकन सकिएको छ।

निर्देशक कुमारका अनुसार यो चलचित्रको अब काठमाडौंको एक दिनको छायांकन बाँकी छ। त्यो पनि केही दिनमा सकेर पोस्ट प्रोडक्सनमा लाग्ने बताए। चलचित्रको पोष्ट प्रोडक्सन सकिएसँगै प्रदर्शन मिति घोषणा गरिने निर्देशक गजुरेल बताउँछन् । म्याग्दीको दुर्गम तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा छायांकन सम्पन्न गरी निर्माण टिम काठमाडौं फर्किदा उत्साहित देखिएका छन्।

 

No description available.

चलचित्रको चर्चाको विषय भनेको करिब दुई दशकपछि वरिष्ठ कलाकार उत्तम प्रधान र निरुता सिंहको पुनर्मिलन रहेको छ। लामो समयपछि पुनः एकसाथ पर्दामा देखिएका यी दुई कलाकारको कमब्याकलाई सिनेमा क्षेत्र तथा दर्शकहरूले विशेष चासोका साथ हेरिरहेको दाबी निर्माण टिमको छ।

सामाजिक कथावस्तुमा आधारित चलचित्रले गुर्जाको मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुंगा–माटोले बनेका घरहरू, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा–चुरेन हिमालको मनमोहक दृश्यलाई पर्दामा उतारेको छ। सिनेमाका निर्देशक कुमार गजुरेलका अनुसार सिनेमाले गुर्जा क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नेछ।

चलचित्रमा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी,  मदन थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, सम्रान्त थापा, विप्लव खड्का, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, सागर कंडेल र धिरेन मोक्तान लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

प्रकाशित: १८ जेष्ठ २०८३ १६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App