‘शारदा’ का सम्पादक विमल भाैकाजीले सम्पादन गरेकाे ‘दिव्य गिरी साहित्यमा अर्धशताब्दी’ लाेकार्पण भएकाे छ।
कृतिका सम्पादक विमल भाैकाजी, लाेकप्रिय समालाेचक प्रमाेद प्रधान, भुँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुली, कृतिका समाविष्ट केही लेखकहरू सानुराजा श्रेष्ठ अन्जान सुमन थापा संगम लगायतले संयुक्त रूपमा कृतिकाे लाेकार्पण गरेका हुन्।
कृतिका समाविष्ट केही लेखकहरू अनौपचारिक रूपमा लोकार्पण गरिएको हाे।
लाेकार्पित कृतिमा महेश प्रसाईं, प्रमोद प्रधान, वियोगी बुढाथोकी, डा. भरत भट्टराई, वीरेन्द्र पाठक, जुजुकाजी रन्जित, सानुराजा श्रेष्ठ अन्जान, सुधा शर्मा, मुरारिराज मिश्र, गणेश प्रधान, मुरारिप्रसाद सिग्देल, रमेशजंग सिजापति लगायतकाे लेख समेटिएका छन्।
यस सङ्ग्रहमा गिरीकाे एघार साहित्यिक कृतिबारे लेखिएका विभिन्न प्रकारका लेख/रचनाहरू र उनका केही कविता, मुक्तक, गजल, हाइकु, गीत, लघुकथा र कथाहरूसमेत समेटिएका छन्।
प्रकाशित: १० वैशाख २०८३ ११:०० बिहीबार





