१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

नृत्य निर्देशक संघले गर्‍यो शुभकामना आदानप्रदान

नृत्य निर्देशक संघकाे शुभकामना आदानप्रदान विविध कार्यक्रम

नृत्य निर्देशक संघले नव वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ। कार्यक्रम नृत्य निर्देशक सङ्घ नेपालको तेस्राे केन्द्रीय अधिवेशनबाट निर्वाचित कार्यसमितिद्वारा आयोजना गरिएको थियो।

रामहिटी साहित्य सदनमा भएकाे  यस कार्यक्रममा प्रमुख अतिथि  भैरवबहादुर थापा रहेका थिए। कार्यक्रममै वरिष्ठ नृत्य निर्देशक कमल राई, राजु शाह, आरसि  कोइराला, जोगेन्द्र केसी र चन्द्रमान मुनिकारलाई सल्लाहकार चयन गरिएको थियो।

नव निर्वाचित कार्यसमितिबाट अध्यक्ष भुवनदास श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष शम्भु शाही, उपाध्यक्ष केशव कोइराला, महिला उपाध्यक्ष शारदा सोती शर्मा, महासचिव  ऋषिकेश श्रेष्ठ, सचिव कृष्ण रसाल, कोषाध्यक्ष संगीता शाही खडकी, सहकोषाध्यक्ष  चूडामणि फुँयाल, सदस्यहरू  अजयकुमार विष्ट, बाबु सेन्चुरी, देवराज गुरुङ, छिरिङ लामा, विजय घिसिङ, पिङकी खड्का,दिपक श्रेष्ठ, पुर्णिमा श्रेष्ठ ,अनिता रन्जितकारलाई  परिचयपत्र वितरण गरिएको थियो।

नृत्य निर्देशक सङ्घ नेपालका विभिन्न प्रदेश, जिल्ला, नगर कार्यसमितिहरूलाई प्रमाणपत्र  वितरण गरियो। संस्थापक कार्यसमितिलाई पनि सम्मान गरियो। कार्यक्रममा आजीवन  सदस्य भवानी कोइरालालाई  परिचयपत्र प्रदान गरिनुका साथै यस संस्थाको २०८३ सालको भित्तेपत्रो विमोचन भएको थियो। कार्यक्रममा नै संघले नयाँ सदस्यका रूपमा दिपक श्रेष्ठ,पुर्णिामा  श्रेष्ठ ,अनिता रन्जितकार, लोकेन्द्र शाह (लुम्बिनी प्रदेश ) लाई  मनोनयन गरेको जानकारी दिइएको थियो। 

प्रकाशित: २३ वैशाख २०८३ ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App