डेनिस पर्यटनविज्ञ बार्ट जोर्डनको सगरमाथासम्बन्धी पुस्तक ‘एभरेस्ट थ्रि फेसेस्’ लोकार्पण भएको छ।
दश वर्षको परिश्रमपछि डेनिस पर्यटनविज्ञ बार्ट जोर्डनले लेखेको सगरमाथा सम्बन्धी पुस्तक ‘एभरेस्ट थ्रि फेसेस्’ काठमाडौंमा लोकार्पण भएकाे हाे।
यस पुस्तकमा ‘सगरमाथा’ को तीनतिरको आधारशिविरबारे सचित्र जानकारी दिइएको छ। उक्त पुस्तक म्याप हाउसले प्रकाशन गरेको हो।
लेखकले उक्त पुस्तक पिक्टोरियल गाइड बुक भएकाे बताए ‘सगरमाथाको दक्षिणी बेस क्याम्प नेपालमा पर्दछ भने चीनको तिब्बतमा उत्तर र पूर्वी बेस क्याम्प। यिनकै विषयमा यसमा जानकारी दिइएको छ।’
चार दशकदेखि भुटान, पाकिस्तान र नेपालका विषयमा गाइडबुक लेख्दै आएका जोर्डन पेशाले ट्रेकिङ गाइड हुन्।
ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)’को कार्यालयमा आयोजित कार्यक्रममा टानका अध्यक्ष सागर पाण्डे, पुस्तक लेखक जोर्डन, टानका महासचिव सोनाम ग्याल्जेन शेर्पा लगायतले पुस्तकका लोकार्पण गरेका हुन्।
कार्यक्रममा टानका अध्यक्ष पाण्डेले ‘सगरमाथाका तीनैतिरका वेस क्याम्पका विषयमा जानकारी दिने राम्रो पुस्तक प्रकाशन गरेकामा लेखक र प्रकाशक दुवैको प्रशंसा गरेका थिए। यस पुस्तक र म्यापले पदयात्रा पर्यटनमा नयाँ आयाम थपेको चर्चा गरिएको छ।
प्रकाशन संस्थाका प्रमुख पवन शाक्यले सगरमाथालाई फरक ढङ्गले हेर्न र बुझ्न सकून भनेर म्याप र पुस्तक प्रकाशन गरेकाे
बताए।
प्रकाशित: २८ चैत्र २०८२ ०८:३४ शनिबार





