३ वैशाख २०८३ बिहीबार
image/svg+xml
अर्थ

बढ्दो मूल्यवृद्धि न्यूनीकरण गर्छौं : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आमनागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी बजेट केन्द्रित गरिने बताएका छन्।

नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) का प्रतिनिधिमण्डलसँगको छलफलमा बुधबार उनले उद्यमशीलताको प्रवर्द्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी हाल देखिएका चुनौतीलाई सम्बोधन गरिने बताए।

अर्थमन्त्री वाग्लेले पुँजीको विकास, रोजगारीको समस्या, बढ्दो मूल्यवृद्धि न्यूनीकरण गर्नुपर्नेमा जोड दिए। उनले उद्यमशीलताको प्रवर्द्धन र स्वदेशी उत्पादन वृद्धिमार्फत आत्मनिर्भर तथा सबल अर्थतन्त्र निर्माण गर्न सरकार सञ्चार क्षेत्रको सहकार्य जरुरी रहेको उल्लेख गरे।

अर्थमन्त्री वाग्लेले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सबै जिम्मेवार हुनै पर्ने भन्दै रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखेको बताए।

प्रतिनिधिमण्डलले सरकारले सबै सञ्चारमाध्यमको विकासका लागि सन्तुलित नीति अगाडि सानुपर्ने माग गरेको थियो।

प्रकाशित: ३ वैशाख २०८३ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App