७ मंसिर २०८३ सोमबार
image/svg+xml
बजार

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो (आइतबार) सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले बढेको छ। महासंघले सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ निर्धारण गरेको छ।

प्रकाशित: ७ मंसिर २०८३ ११:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App