२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

आचार्यकाे ‘अविश्रान्त’ लोकार्पण

साहित्य सदन नेपालले महाकाव्यकार त्रिलोचन आचार्यकाे ‘अविश्रान्त’ महाकाव्यको लोकार्पण गरेकाे छ।

साहित्य सदन नेपालका अध्यक्ष प्राडा हेमनाथ पाैडेलकाे अध्यक्षता तथा वरिष्ठ साहित्यकार रोचक घिमिरेकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरे, व्यथित प्रतिभा सम्मानबाट सम्मानित व्यक्तित्व प्राडा तुलसीप्रसाद भट्टराई, अथिति पूर्व मन्त्री शान्ता मानवी, वरिष्ठ साहित्यकार प्राडा जीवेन्द्रदेव गिरी, कवि प्राडा देवी नेपाल, दायित्व प्रकाशनका अध्यक्ष रामप्रसाद पन्त, पूर्व कार्यवाहक महालेखापरीक्षकमहेश्वर काफ्ले, साहित्य सदनका अध्यक्ष प्राडा हेमनाथ पौडेल, प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष डा. देवी दुलाल क्षेत्री, संस्थाका उपाध्यक्ष मित्रलाल पंज्ञानी, साहित्यकार डा. कृष्ण सुवेदी र महाकाव्यकार त्रिलोचन आचार्य लगायतले संयुक्त रूपमा महाकाव्यको लोकार्पण गरेका थिए।

साहित्य सदन नेपालकाे ५ औ वार्षिक साधारणसभाकाे उपलक्ष्यमा भएकाे कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईलाई 'व्यथित साहित्य सम्मान २०८२, अर्पिएकाे थियाे।

प्रमुख अथिति रोचक घिमिरेले वरिष्ठ कवि प्राडा तुलसीप्रसाद भट्टराईलाई ३० हजार रूपैयाँ नगद राशि, सम्मानपत्रकाे साथ 'व्यथित साहित्य सम्मान २०८२ अर्पिएका थिए।

कार्यक्रममा प्राडा जीवेन्द्रदेव गिरीले कवि केदारमान व्यथित तथा सम्मानित व्यक्तित्व तुलसी भट्टराईको साहित्यिक योगदानको चर्चा गरेका थिए।

त्यस्तै प्राडा देवी नेपालले लाेकार्पित महाकाव्य अविश्रान्तको विषयमा समीक्षात्मक टिप्पणी गरेका थिए।

उक्त समारोहमा प्राडा रामप्रसाद ज्ञवाली, महाकाव्यकार पुरुषोत्तम सिग्देल, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव जगत् प्रसाद उपाध्याय प्रेक्षित, साहित्यकार शार्दूल भट्टराई, प्राध्यापक कोषराज न्यौपाने, पूर्व मन्त्री रामेश्वर फुयाँल, प्रसिद्ध साहित्यकार नेरन्द्रराज पौडेल, गोविन्दप्रसाद घिमिरे वेदमणि, बाजुराम पाडेल लगायतका कवि साहित्यकारको उपस्थिति रहेको थियो। 

प्रकाशित: ३० कार्तिक २०८२ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App