गायक एकदेव लिम्बूको गीत ‘झिम झिमाउने आँखा’ अब चिनियाँ भाषामा सुन्न पाइने भएको छ। उनको उक्त गीत २०८१ मा सार्वजनिक भएको थियो जहाँ श्रोताले गीतलाई खुब मन पराएका थिए। उक्त गीत युट्युबको ट्रेडिङमा समेत कैयौँ समयसम्म रह्यो।
यस अघि उक्त गीत हिन्दीमा बलिउडकी चर्चीत गायिका नेता कक्कसँग सहकार्यमा तयार गरिएको थियो भने अब चिनियाँ भाषामा अभिनेत्री तथा गायिका समेत रहेकी झाओ लुसी चिनियाँ भाषामा रूपान्तरण गरेको जानकारी लिम्बूले स्वयं सामाजिक सञ्जालमाफर्त जनाएका छन्।
चिनियाँ भाषामा यो गीतको बोल स्याओ स्याओ राखिएको छ। गायिका लुसीले मकाउमा हालै आयोजित आफ्नो चर्चित ‘स्टे रोमान्टिक’ कन्सर्टको दोस्रो दिन यस गीतलाई चिनियाँ भाषामा लाइभ प्रस्तुत गर्दै हजारौँ दर्शकलाई सरप्राइज दिएकी थिइन्। उक्त गीत हाल तीनै भाषामा उपलब्ध रहेको छ।
प्रकाशित: ३१ असार २०८३ १५:२२ बुधबार




-600x400.jpg)
