१८ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

'दृश्यम ३'ले तोड्यो धुरन्धर, पठान र एनिमलको रेकर्ड

अजय देवगनको फिल्म 'दृश्यम ३: द कन्क्लुजन' ले पहिलो दिन बक्स अफिसमा ६६.७५ करोड भारु कमाएको छ। यो अजय देवगनको करियरको सबैभन्दा ठूलो ओपनिङ हो।

अभिषेक पाठकद्वारा निर्देशित यो फिल्म अक्टोबर २, २०२६, शुक्रबार सिनेमाघरहरूमा रिलिज भएको थियो। अजय देवगन फिल्ममा विजय सालगांवकरको भूमिकामा फर्किएका छन्।

फिल्मले भारतमा १५,७५९ शोबाट ६६.७५ करोड भारु कमाएको छ। यसको कुल सङ्कलन अब ८०.१० करोड नाघेको छ। विदेशमा, फिल्मले १५ करोड भारु कमाएको छ, जसले गर्दा यसको विश्वव्यापी कुल सङ्कलन ९५.१० करोड भारु पुगेको छ।

'दृश्यम ३', 'धुरन्धर द रिभेन्ज' पछि वर्षको दोस्रो सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्म बनेको छ। यो बलिउड इतिहासमा 'धुरन्धर २' र 'जवान' पछि तेस्रो सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म पनि बन्यो।

यो फिल्मले रणवीर सिंहको 'धुरंधर' को ३० करोड रुपैयाँको ओपनिङलाई उछिनेको छ। यसले शाहरुख खानको 'पठान' को ५७ करोड रुपैयाँ र रणवीर कपूरको 'एनिमल' को ६३ करोड रुपैयाँको ओपनिङलाई पनि उछिनेको छ।

विश्वव्यापी कलेक्शनको हिसाबले फिल्मले 'कल्की' को ९५ करोड रुपैयाँ र 'सलार' को ९१ करोड रुपैयाँको कमाइलाई उछिनेको छ।

फिल्म रिलिज हुनुभन्दा अगाडि नै अग्रिम बुकिङको ठूलो माग देखियो। बुकिङ सुरु भएको सात दिनभित्र फिल्मले भारतमा ६०.१७ करोड भारु कमायो, जसमा ब्लक गरिएका सिटहरूबाट भएको कमाई पनि समावेश छ। ब्लक गरिएका सिटहरू बाहेक, अग्रिम कूल सङ्कलन ४९.२९ करोड भारु थियो। फिल्मले ५१,५७० शोहरूमा लगभग १८.०२ लाख टिकटहरू बेचेको थियो।

प्रकाशित: १७ आश्विन २०८३ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App