४ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

व्यवसाय र पारिवारीक सम्बन्ध फरक हो, हल्लाको पछाडि नलाग्नुहोस‍्: निखिल उप्रेति

फिल्म ‘आचार्य’ प्रदर्शनको तयारीमा रहेका बेला अभिनेता तथा निर्देशक निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलको वैवाहिक सम्बन्धलाई लिएर चलेको चर्चाले फेरि चर्चा पाएको छ। तर निखिलले भने सम्बन्ध बिग्रिएको भन्ने हल्ला अस्वीकार गरेका छन्।

‘आचार्य’को टिजर सार्वजनिक गर्ने क्रममा निर्माण टिमले सञ्चिता लुइँटेललाई निर्माताका रूपमा प्रस्तुत गरेको थियो। तर त्यसपछि सार्वजनिक सामग्रीमा उनको नाम हटाइयो र निर्माताका रूपमा कृष्ण भट्टराईलाई अगाडि सारियो।

सञ्चिताको नाम हटेपछि सामाजिक सञ्जाल तथा चलचित्र वृत्तमा निखिल र सञ्चिताबीचको सम्बन्धमा समस्या आएको चर्चा हुन थालेको थियो। यही विषयमा आयोजित कार्यक्रममा निखिलले आफ्नो धारणा राख्दै सम्बन्ध बिग्रिएको भन्ने चर्चाको खण्डन गरे।

निखिलका अनुसार कृष्ण व्यवसायी भएकाले उनलाई अनावश्यक फोन तथा सन्देशबाट हैरानी नहोस् भनेर सञ्चिताको नाम निर्माताका रूपमा राखिएको थियो।

उनले भने, ‘कृष्ण व्यवसायी भएका कारण उनलाई अरू व्यक्तिबाट फोन–म्यासेजले हैरान नपारून् भनेर मैले सञ्चिताको नाम राखेको हो। आखिर म र सञ्चिता एउटै हो। हल्लाको पछाडि नलाग्नु।’

निखिलको यो स्पष्टीकरणसँगै ‘आचार्य’को निर्माणमा सञ्चिताको नाम किन हटाइयो भन्ने प्रश्नको जवाफ उनले व्यक्तिगत सम्बन्धसँग नभई व्यावसायिक कारणसँग जोडेर दिएका छन्।

निखिल उप्रेतीको निर्देशन, निर्माण तथा अभिनय रहेको ‘आचार्य’ प्रदर्शनको तयारीमा छ। फिल्ममा निखिलको अभिनयसँगै यसको निर्माण पक्षलाई लिएर पनि दर्शकमा चासो देखिएको छ।

प्रकाशित: ४ आश्विन २०८३ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App