१५ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

डिस्कोर्ड

कविता

मेरो देश नेपालमा

समस्या नपर्दा सबै थोक छ

समस्या परेपछि

प्राकृतिक विपतमा परी ज्यान गुमाएकाहरूको

लास राख्ने ठाउँ छैन

खाना पकाउन

चाहिने ग्यास सिलिण्डर छैन

ग्यास छैन

मल छैन

बीउ छैन

दूध छैन

अण्डा छैन

चामल छैन,

तरकारी छैन,

समस्या नपरुञ्जेल मेरो देश नेपालमा

नेता ठूला भाषण गर्छन्

देश स्वर्ग छ भन्छन्

हो जस्तो लाग्छ।

तर जब प्राकृतिक विपत आउँछ

मेरो देश नेपालमा

जनशक्ति पनि छैनन्

उद्दार नपाएर भौँतारिरहेका घाइतेहरू

भत्केका घरहरू

खण्डहर बनेका जमिनहरू मात्र छन्

विज्ञ नै विज्ञ भएको मेरो देश नेपालमा

सुरुङमा फसेका मान्छे निकाल्ने जनशक्ति छैन

मेसिनहरू छैनन्

जाने बाटो छैन

डाक्टर छैनन्

पाइलट छैनन्

इन्जिनियर छैनन्

भएकाहरूको पनि विज्ञता

क्याम्पसमा छ फिल्डमा छैन

विज्ञ त छन्

नाममा मात्र छन्

काममा छैनन्

मेरो देशका विज्ञहरू भनेका

सेना, प्रहरी हुन जस्तो लाग्छ

धन्न,

शिक्षाका विज्ञ सेना

इन्जिनियरिङका विज्ञ सेना

बाटो खन्ने सेना

आपतकालीन उद्दार गर्ने सेना

लडाइँ धान्दिने पनि सेना

हातहतियार जोगाइदिने

देश विकासका मेरुदण्ड सेना

अरू त

विज्ञहरू नाममा मात्र छन्।

प्रकाशित: १५ भाद्र २०८३ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App