२८ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

विपत्ति

लघुकथा

"आमा शत्रु कता गए आजकल देखिँदैनन्?" निर्मलले सोध्यो।

"घरमा कहाँ बस्छ र बाबु त्यो सधैं सामाजिक काममा खटिरहन्छ।" फूलमतिले छोराको प्रशंसा गर्दै भनिन्।

"हो र आमा त्यसो भए त उनी बाढीपीडितको सहयोगमा खटेका छन् कि? " निर्मलले आशंकामिश्रित अर्को प्रश्न साेध्याे।

"खै आज दश दिन भयो उतै गयो कि बाबु मलाई खासै थाह त छैन तर उतै गयो कि। ऊ सधैँ यस्तै विपत्तिमा पुगेको हुन्छ। कहिले भूकम्पपीडितको सहयोगमा कहिले बाढीपहिरो आदि सबैमा हिंडेको हुन्छ। ऊ देशविदेश जता पनि यस्ता घटनाहरू भएको ठाउँमा पुगेको हुन्छ।" फूलमतिले विवरणसहित फेरि खुबै प्रशंसा गर्दै भनिन्।

त्यहीबेला 'ट्याङ्' मोबाइलको मेसिज बज्यो। निर्मलले आफ्नो खल्तीबाट मोबाइल निकाल्यो।

"उसको मेसेञ्जरमा शत्रुको तस्विर कसैले राखेको थियो। त्यो खोलेर हेर्‍याे तर पनि उसले खासै बुझिन। फोटा प्रहरीले हत्कडी लगाएर वहानमा बसाल्न खोजेको देखाएको थियो। उसले जसले फोटा राखेको थियो उसलाई फोन गरेर सम्पर्क गर्‍याे।

"के हो यो?"

गोविन्दले जानकारी गराउँदै कुराको बिट मार्‍याे, "हजुर शत्रुले मृतक व्यक्तिको घाँटीबाट सिक्री निकालेको आरोपमा गिरफ्तार गरेको छ।" 

"ओहो शत्रु त यस्तो काममा पो पल्केको रहेछ।" निर्मलले मनमनै भन्यो र त्यहाँबाट हिंड्यो।

प्रकाशित: २८ भाद्र २०८३ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App