चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृशोक परेको छ। उनकी आमा अमृता बस्नेतको ७१ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो।
काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित बस्नेत विगत १५ वर्षदेखि नियमित डायलाइसिस गराउँदै आएकी थिइन्।
पारिवारिक स्रोतका अनुसार पछिल्लो समय उनलाई निमोनियाले समेत च्यापेपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो। अमृता बस्नेत अभिनेत्री स्वस्तिमा खड्काकी सासु हुन्।
प्रकाशित: १९ कार्तिक २०८२ १५:२२ बुधबार





