१५ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

तमिल फिल्मका निर्देशक तथा अभिनेता के.भाग्यराजको निधन

तमिल सिनेमा उद्योगका वरिष्ठ अभिनेता, निर्देशक तथा पटकथा लेखक के. भाग्यराजको ७३ वर्षको उमेरमा निधन भएको छ।

भारतीय मिडिया अनुसार उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको हो। अस्वस्थ भएपछि उनलाई चेन्नईस्थित अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।

के. भाग्यराजले करिब पाँच दशकसम्म तमिल चलचित्र उद्योगमा अभिनेता, निर्देशक, लेखक तथा पटकथा लेखकका रूपमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। उत्कृष्ट कथा र पटकथाका कारण उनलाई तमिल सिनेमाका प्रभावशाली सर्जकहरूमध्ये एक मानिन्छ।

उनको परिवारमा पत्नी तथा अभिनेत्री पूर्णिमा भाग्यराज, छोरा तथा अभिनेता शान्तनु भाग्यराज र छोरी सरन्या भाग्यराज रहेका छन्।

उनको निधनले तमिल चलचित्र उद्योग तथा उनका प्रशंसकहरू शोकमा डुबेका छन्। मनोरञ्जन क्षेत्रका धेरै कलाकार तथा शुभेच्छुकहरूले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन्।

प्रकाशित: १३ असार २०८३ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App