विराटनगरमा ११ जोडीको सामुहिक विवाह गरेका छन् । महेश्वरी महिला मञ्च विराटनगरले ११ जोडीको सामूहिक विवाह गरिदिएको हो ।
सोमबार मञ्चले सामुहिक रुपमा विवाह समारोह गराएको थियो ।
सामूहिक विवाह गर्नेहरूमा सन्थाल र मुसहर समुदायका बरबधु रहेका थिए । सीमाङ्कृत समुदायका आर्थिक अबस्था कमजोर भएका युवा युवतीको सामूहीक विवाह गराइएको मञ्चले जनाएको छ ।
उनीहरुलाई मञ्चले विवाहका लागि आबश्यक सवै सामग्रीहरु उपल्ब्ध गराएको मञ्चकी अध्यक्ष ललिता जाजुले बताइन् । कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले सामूहिक विवाहले समाजमा दाइजो प्रथाको अन्त्य गर्न प्रेरणा मिलेका बताए । नव बरबधुलाई आयोजकले गरगहना, खाट पलंगलगायत विवाहमा दिने सवै सामग्रीहरु उपाहर दिएको थियो ।
प्रकाशित: १५ असार २०८३ २१:०० सोमबार





