२१ मंसिर २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

परराष्ट्रमन्त्री बन्नेबारे के भन्छन् राजेश हमाल ?

फाइल।

महानायक राजेश हमालले आफू कुनै पद विशेषभन्दा पनि नेपाली नागरिकको हैसियतले देशको सेवा गर्न तयार रहेको बताएका छन्।

शनिबार आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को लोकार्पण समारोहपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्।

सञ्चारकर्मीले ‘परराष्ट्रमन्त्रीको रूपमा महानायक राजेश हमालको चर्चा भइरहेको छ, प्रस्ताव आएको छ कि छैन ?’ भनेर सोधेको प्रश्नमा हमालले पदभन्दा माथि उठेर देश सेवामा लाग्नुपर्नेमा जोड दिए।

‘हामी सबैले यो पद, त्यो पद भन्दा पनि एक नेपाली नागरिक भएर देशलाई सेवा र टेवा दिन जरुरी छ,’ हमालले जवाफमा भने।

उनले आफूलाई कुनै पदको प्रस्ताव आएको वा नआएको विषयमा स्पष्ट जवाफ नदिई सबैभन्दा पहिला नागरिकको कर्तव्य महत्वपूर्ण हुने बताए।

पुस्तक विमोचन कार्यक्रममा उनले आफ्नो जीवनका विभिन्न पक्ष, विचार र दृष्टिकोणहरू समेटिएको बताए।

उनले आफ्नो जीवनी लेख्न साढे तीन वर्ष लागेको र यसमा आफ्नो बाल्यकाल, परिवार, पेशा र सामाजिक परिवेशका साथै आफ्ना विचारहरू पनि समेटिएको जानकारी दिए।

व्यक्तिगत कुराहरूलाई पुस्तकमा उतार्न सुरुमा केही संकोच भए पनि पछि खुलेर आफ्ना भावनाहरू पोखेको उनले बताए।

प्रकाशित: २५ आश्विन २०८२ १८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App