२० वैशाख २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘किङ’ मा शाहरुखसँग दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण गर्भावस्थाको समयमा पनि फिल्म ‘किङ’ को छायांकनमा व्यस्त छिन्।  सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिरहरूमा उनी शाहरुख खानसँग दक्षिण अफ्रिकाको केपटाउनमा सुटिङ गरिरहेको देखिएको छ।

सार्वजनिक भएका तस्बिरहरूमा दुवै कलाकार एक म्युजिक सिक्वेन्सको छायांकनमा व्यस्त देखिन्छन्। दीपिकाले फ्लोरल प्रिन्टको गाउन लगाएकी छन् भने शाहरुख प्रिन्टेड शर्टमा कूल लुकमा देखा परेका छन्। सेटमा अन्य प्राविधिक टोली पनि सक्रिय छन्।

यी तस्बिरहरू दीपिकाले हालै आफ्नो दोस्रो गर्भावस्थाको घोषणा गरेपछि सार्वजनिक भएका हुन्। उनले अप्रिल १९ मा सामाजिक सञ्जालमार्फत आफ्नी छोरी ‘दुआ’ सँगको तस्बिर साझा गर्दै यो जानकारी दिएकी थिइन्।

फिल्म ‘किङ’ लाई सुजॉय घोष ले निर्देशन गरिरहेका छन् भने सिद्धार्थ आनन्द निर्माता हुन्। यस फिल्ममा शाहरुखकी छोरी सुहाना खानको पनि अभिनय रहने छ।

शाहरुख र दीपिकाको जोडी यसअघि ‘पठान’, ‘जवान’, ‘चेन्नई एक्सप्रेस’ र ‘ओम शांति ओम’ जस्ता सफल फिल्महरूमा देखिइसकेको छ।

यसैबीच, दीपिका हालै ऋतिक रोशन सँगको ‘फाइटर’ मा पनि देखिएकी थिइन्, जसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो।

प्रकाशित: १९ वैशाख २०८३ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App