नेपाल स्रष्टा समाज कोसी प्रदेशले स्रष्टा गोकुल व्याकुलको आत्मसंस्मरणात्मक कृति ‘जीवन, सङ्घर्ष र मृत्यु’ को लोकार्पण गरेको छ।
नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रज्ञद्वय विवश पोखरेल र गङ्गा सुवेदी, नरेन्द्र स्मृति साहित्य प्रतिष्ठानका अध्यक्ष सरला चापागाईं, प्राध्यापक कविराज न्यौपाने, अग्रज स्रष्टा बलराम पोखरेल, प्राडा हरिहर भण्डारीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
खोटाङ सामाजिक सेवा मञ्चको सभा हलमा आयोजित कार्यक्रममा हरि कट्टेल, केशु विरही, उमानाथ भट्टराई ‘अचल’, भरत बर्बरिक, मीनकुमार नवोदित, भवानीप्रसाद पोखरेल, प्रदीप सापकोटा, नवराज पोखरेल ‘नवशिला’, मञ्जु घिमिरे दाहाल, गोपाल सुवेदी, निर्मला नेपाल, पुष्प सायरा, लक्ष्मी रायमाझी, निर्मला कोइराला, भीम कोइराला, सुजता राई लगायतका स्रष्टा/ कलाकारहरूको उपस्थिति रहेको थियो।
लोकार्पित कृतिको भूषण ढुङ्गेलले समीक्षा प्रस्तुत गरेका थिए। कार्यक्रममा सरला चापागाई, कविराज न्यौपाने, विवश पोखरेल हरि कट्टेल, प्रदीप सापकोटा लगायतको शुभकामना मन्तव्य रहेको थियो।
संस्थाका उपाध्यक्ष बाबुराम पोखरेलले उपस्थित सबैलाई शब्दले स्वागत गरेका थिए। नेपाल स्रष्टा समाज कोसी प्रदेशका संयोजक कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव लक्ष्मी पोखरेलको थियो।
मार्सेलीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन
संस्थाको प्रथम साधारण सभाबाट कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ। यसअघि पनि मार्सेली नै तदर्थ समितिको संयोजक थिए। नवगठित संस्थाको सचिवमा लक्ष्मी पोखरेल, कोषाध्यक्षमा बाबुराम पोखरेल र सदस्यहरूमा हरि कट्टेल, प्रयाग न्यौपाने, शारदा भट्टराई, पुष्पा सायरा, निर्मला कोइराला, निर्मला नेपाल, मीनकुमार नवोदित र सुजता राई रहेका छन्।
अधिवेशनपछि बसेको संस्थाको पहिलो बैठकले अग्रज स्रष्टा बलराम पोखरेल, प्राध्यापक कविराज न्यौपाने, प्राज्ञद्वय विवश पोखरेल र गङ्गा सुवेदी, साहित्यिक अन्वेषक केशु विरही र विराटनगर प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव दिङ्ग्लाली कान्छो लगायतका अग्रज स्रष्टाहरूलाई सल्लाहकारमा मनोनयन गरेको छ।
प्रकाशित: १० मंसिर २०८२ ११:२४ बुधबार





