२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

यी हुन् २०२५ मा विवाद भएर चर्चा कमाएका बलिउड फिल्म

हामी सन् २०२५ लाई बिदाईको नजिक आउँदैछौँ । अब एक हप्तामै वर्ष २०२५ को बिदा हुन्छ । यो वर्ष धेरै बलिउड चलचित्र प्रदर्शनमा आए । राम्रो आम्दानी गर्ने चलचित्र, धेरैको चासोमा रहेका चलचित्रसँगै यो वर्ष केही विवादित चलचित्र पनि बने । सुपरहिट चलचित्रको त चर्चा हुने नै भयो विवादित बनेका चलचित्रको पनि उत्तिकै चर्चा हुने गरेको छ ।  चलचित्रका विवादका विषयले कुनै चलचित्र हिट हुन्छन् भने कुनै फ्लप पनि हुने गर्छन् ।

यहाँ हामीले २०२५ मा विवादमा परेका सात बलिउड चलचित्रको चर्चा गरेका छौँ ।  

‘इमरजेन्सी’

No description available.

‘इमरजेन्सी’ कंगना रनौत निर्देशित चलचित्र भारतकी प्रधानमन्त्री इन्दिरा गांधीको जीवनीमा आधारित बनाइएको थियो। जसको निर्माता पनि कंगना नै थिइन । ६० करोडको लागतमा बनेको चलचित्रमा सन् १९७५ मा भारतमा लगाइएको आपत्कालको ऐतिहासिक घटनालाई चित्रित गरिएको थियो । सिख समुदायले हाम्रो समुदायलाई गलत तरिकाले देखाइएको आरोप लगाएका थिए। चलचित्रले निकै विवाद बेहोर्नु पर्यो । जसकारण चलचित्र इमरजेन्सी नै फ्लप भयो।

छावा

No description available.

लक्ष्मण उतेकर निर्देशित चलचित्र ‘छावा’ २०२५ फरबरी १४ मा प्रदर्शनमा आयो। विक्की कौशलको मुख्य भूमिका रहेको चलचित्र छावा विक्कीको जीवनको सर्वाधिक कमाउने चलचित्र मध्ये एक हो। देशको कैयौँ राज्यमा चलचित्रलाई प्रतिबन्ध लगाइयो। छत्रपति संभाजी महाराजको जीवनमा बनेको चलचित्रमा कयौँ पात्रको चित्रणलाई लिएर महाराष्ट्रको संगठनले छावालाई आरोप लगाएका थिए। यी बिरोधले चलचित्रको केही भाग हटाइएको थियो। यी सबै विवाद पार गरेर छावा २०२५ को सर्वाधिक कमाउने चलचित्र मध्ये एक बन्यो।

उदयपुर फाइल्स

No description available.

निर्माता अमित जानीको चलचित्र ‘उदयपुर फाइल्स’ कन्हैयालाल हत्यामा बनाइएको थियो। यो चलचित्रलाई मुसलमान समुदायलाई गलत देखाउने आरोप लाग्यो। मुद्दा अदालतसम्म पुग्यो। नेपालमा समेत मुस्लिम समुदायले चलचित्र प्रदर्शन गर्न दिन नहुने माग गरेका थिए। यो क्राइम थ्रीलर चलचित्रलाई एस श्रीनात र जयन्तसिंहले निर्देशन गरेका थिए।

फुले  

No description available.

चलचित्र ‘फुले’ अप्रिल २५ मा रिलिज भएको चलचित्रमाथि ब्राह्मण समुदायले उनको समुदायलाई नकारात्मक तरिकाले चित्रण गरेको भनेर आरोप लाग्यो। यो विवादमा राजनीतिज्ञ समेत सहभागी थिए। चलचित्र निर्देशक आनन्त माहादेवन हुन्।

द बंगाल फाइल्स

No description available.

निर्देशक विवेक अग्निहोत्री चलचित्र द बंगाल फाइल्स चलचित्रमा भारत विभाजन हुनु अघिको हिंसालाई समेटिएका कारण चलचित्रलाई निकै आलोचना सहनु पर्‍यो। बंगालमा यो प्रदर्शन माथि रोक समेत लगाइएको थियो।

द ताज स्टोरी

No description available.

३१ अक्टुर २०२५ मै प्रदर्शनमा आएको चलचित्रले कैयौँ विवादमा परेको थियो। मुसलमान समुदायले हाम्रो समुदायलाई नकारात्मक देखाइयो भनेर कैयौँ आरोप लगाए।

धुरन्धर

No description available.

निर्देशक आदित्य धरको चलचित्र धुरन्धर हाल २०२५ को सर्वाधिक कमाउने चलचित्र बनेको छ। साथै चलचित्रले भारत ऐतिहासिक सर्वाधिक कमाउने चलचित्र मध्ये छ नम्बरमा परेको छ । चलचित्र प्रदर्शनको १८ दिनमा चलचित्रले विश्वव्यापी आठ सय ७७ करोडको व्यापार गरेको छ। धुरन्धरमाथि पनि कैयौँ आरोप प्रत्यारोप लाग्यो। धुरन्धरलाई बेहरान, कुवेत, ओमान, कतार, साउदी अरब, युएईमा कैयौँ विवाद र पाकिस्तान विरोधी कारण यी देशमा धुरन्धरमा रोक लगाइयो। नेपालमा हाल यो चलचित्र प्रदर्शनमा छ।

प्रकाशित: ९ पुस २०८२ १७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App