३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

अनवरत बहाव

कविता

हावासँग बहकिएर

बहिरहेको मेरो जिन्दगी

एकछिन थामिएर हेर्दै थियो

आकाशको जूनतिर।

प्रश्न स्वयम् आफैँभित्र

अनुत्तरितले उ घेर्दै थिए

अँध्यारो रातको नीरवता

चिर्ने त्यो एक जून निर।

शायद,

समयसँग नजिकिएर पनि

बगिरहने मेरो जिन्दगी

पत्थर नजिक देखेर पनि

ठेस सहेर बगिरहन्छ

पीडालाई सतहमा डुबाएर

आफ्नै अबिरल धुनमा

ओरालो बग्दै गएको पानीझैं

सागरको गहराइमा मिसिन्छ।

हो यहाँ हरेक सन्दिग्धसंग

टाढा  छ मेरो जिन्दगी

विश्वासको दियोमा बल्छ यो

न त  गर्छ कुनै नामन्जुर प्रतिवाद

आफ्नै चोट र खीलहरूसँगै

काँडाको यात्रामा पनि हाँस्छ।

आखिर अनवरत छ, अविश्राम छ

अविचलित मेरो जिन्दगी

थाहा छ यसलाई

ती उदाङ्गो चरित्रका फेहरिस्त

अनि शून्य संस्कारका आचरण

त्यसैले त यो छिनोले

ढुङ्गा फोर्न चाहदैन

भावनाले पगाल्न चाहान्छ।

चाहन्न यो

विष घुल्ने थाल फुटाल्न

मात्र विषको मति

निचोर्न चाहान्छ।

मात्र विषको मति निचोर्न चाहन्छ।

प्रकाशित: ३१ जेष्ठ २०८३ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App