५ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा : दुई दिने बिदाले सेवा प्रवाहमा सुधार आएन, पुनरावलोकन गर्न माग

राष्ट्रियसभा सदस्यहरूले सातामा दुई दिन बिदा र पाँच दिन मात्र कार्यालय सञ्चालन गर्ने व्यवस्थाले सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको भन्दै पुनरावलोकन गर्न माग गरेका छन्।

राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गानाले दिनमा एक घण्टा कार्यालय समय बढाए पनि सेवा प्रवाहमा उल्लेख्य सुधार नआएको तथा कर्मचारीको जीवनयापनमा समस्या भएको गुनासो आएकाले विद्यमान व्यवस्थाको पुनरावलोकन गर्न माग गरे।

नेपाल कम्युनिस्ट पार्टीका सांसद मदनकुमारी शाह (गरिमा)ले भोटेकोशी बाढीलाई जलवायु कूटनीतिमार्फत अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्नेमा जोड दिइन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) की मीनासिंह रखालले खाना पकाउने ग्यासको कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारसँग माग गरिन्।

नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले विद्युत् सेवामा मूल्य अभिवृद्धि कर लगाउन नहुनेमा जोड दिइन्।

नेपाली कम्युनिस्ट पार्टीकी राजेन्द्रलक्ष्मी गैरेले बुटवल–पाल्पा सडकखण्डमा निरन्तर दुर्घटना भई मानवीय क्षति भइरहेकाले सडकको अवस्था सुधार गर्न माग गरिन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सोमनाथ पोर्तेलले विपत्तिका बेला सबै पक्ष एकताबद्ध भएर राहत तथा उद्धारमा जुट्नुपर्ने बताइन्। 

प्रकाशित: ५ आश्विन २०८३ १५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App