चलचित्र ‘हर्ष’को मुख्य भूमिकामा रहेकी अभिनेत्री वर्षा राउत चलचित्र र आफ्नो वैवाहिक जीवनको विषयलाई लिएर चर्चामा छिन् ।
सामाजिक सञ्जालमा आएको टिप्पणीले उनलाई हैरान बनाएको छ । यही कुरा उनले सामाजिक सञ्जालमा व्यक्त गरेकी छन् । राउतले सामाजिक सञ्जालमा एक व्यक्तिको प्रतिक्रियाको फोटो सार्वजनिक गर्दै लेखेकी छिन्। कहिलेकाहीँ मान्छे एक्लो महसुस गर्छ त्यसपछि उनले लेखिन यो समाजले मलाई बाँच्न साच्चै नै धेरै गाह्रो भइसक्यो। श्रीमतीले सहनुपरेको धोका, चोट र बेइज्जतीमा कसैको चासो नहुने भन्दै उनले महिलाको पीडालाई समाजले बेवास्ता गर्ने गरेको गुनासो गरेकी छन् ।
उनले लेखिन्, ‘समाजले बोकेको अपेक्षाले मान्छेलाई घुमाउरो बाटोमा धकेल्छ । कहिलेकाहीँ मान्छेले आत्महत्याका विचार ल्याउनुपर्ने अवस्था सिर्जना हुन्छ। किनकि उसले चाहेर होइन, समाजले बोकेको अपेक्षा, दबाब र अन्यायले मान्छेलाई घुमाउरो बाटोमा धकेलिदिन्छ।’
यो स्टाटससँगै उनले समाजलाई प्रश्न गरेकी छन्। ‘हाम्रो समाजले सदैव ‘सबैभन्दा राम्रो देखिनुपर्छ’ भन्ने मुखौटा लगाउन बाध्य पार्छ, तर भित्रको गल्ती, अन्याय, असमानता बदल्न कहिलै तयार हुँदैन।’
‘श्रीमतीलाई ‘लाटी, अलच्छिना’ जस्ता अपमानजनक शब्दले बोल्दा समाज मौन बस्छ। श्रीमतीले सहनुपरेको धोका, चोट, बेइज्यतीमा कसैलाई चासो हुँदैन। तर एउटै महिलाले आफ्नो आवाज उठाई दिँदा ‘तिमी’ जस्तो सामान्य शब्द बोल्दा पनि उही समाज ऊमाथि नै औँला उठाउन थाल्छ। मानौँ उसको मुखमा थुकेको परिमाणले मात्र समाजको इज्जत जोगिने जस्तो। यही दोहोरो मापदण्ड, यही बेइन्साफी, यही पक्षपातले धेरैलाई भित्रभित्रै तोडिदिन्छ।’
उनले लेखेकी छन्, ‘कहिलेकाहीँ त लाग्छ, यस्तो समाजमा बाँच्नु नै किन यति कठिन छ र सच्याइनु पर्ने त समाज आफैँ हो। तर परिवर्तन चाहिँ सबैलाई चाहिन्छ भन्छन्, बदलिन भने कसैलाई मन छैन। यही कारणले मान्छे एक्लो महसुस गर्छ, थाकिन्छ, र कहिलेकाहीँ अंधकारतिर तानिन्छ । यो समाजमा बाँच्न मलाई साँच्चिकै धेरै गाह्रो भइसक्यो’
प्रकाशित: ८ मंसिर २०८२ १४:४८ सोमबार





