३२ असार २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

बाल्यकालमा कक्षा शिक्षकले पटक-पटक यौन दुर्व्यवहार गरे: लुनिभा तुलाधर

कलाकार लुनिभा तुलाधरले बाल्यकालमा आफूमाथि भएका यौन दुर्व्यवहारबारे बेलेकी छन्। हालै एक अन्तर्वार्तामा उनले आफ्नो बाल्यकारको घटना सम्झिँदै आफूमाथि भएका यौन दुर्व्यवहारसम्बन्धी कुरा खुलाएकी हुन्। 

घर परिवारमा मलाई कसैले राम्रो स्पर्श र नराम्रो स्पर्शबारे नसिकाएका कारण स्कूलमा कक्षा ८, ९ मा पढ्दा शिक्षकले गलत मनसायले छुने गरेकाे उनको दाबी छ। उनी थप्छिन्,– मलाई बाटोमा हिड्दा वा बस तिर ममाथि यौन दुर्व्यवहार धेरै भएको छ। हाल महिलाहरुले आफूमाथि भएको यौन दुव्र्यवहार बारे खुलेर बोल्नु निकै साहसको कुरा भएको उल्लेख गरेकी छिन्।

थप्दै उनले अहिलेको अभिभावकले आफ्नो छोराछोरीलाई यसको बारेमा सिकाउन एकदमै महत्वपूर्ण रहेको उल्लेख गरेकी छन्।

प्रकाशित: ३१ असार २०८३ १६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App