१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

बेलबारीमा ‘चुडेल्नी’ सार्वजनिक

बेलबारी साहित्य विकास समितिले स्रष्टा एवं राजनीतिकर्मी इरान राईको ‘चुडेल्नी’ कथासङ्ग्रह लोकार्पण गरेको छ। बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षता र पूर्व सांसद एवं अग्रज स्रष्टा कुन्ता शर्माकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

मोरङ, बेलबारी १ स्थित सगरमाथा इङ्ग्लिस स्कुलमा सम्पन्न कार्यक्रममा दिनेशराज सुवेदी, विन्दु दाहाल ‘मूकदर्शक’, सरण राई, मिश्र बैजयन्ती आदिले लोकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। टिप्पणीकारहरूले ‘चुडेल्नी’ कथासंग्रह पठनीय र संग्रहनीय रहेकाे बताए।

कार्यक्रममा प्रिन्स प्रमोदकुमार ढकाल, नवराज पोखरेल ‘नवशिला’, प्रयाग न्यौपाने, उमेश लुइँटेल, चूडामणि नेपाल, चन्द्रकान्त भट्टराई लगायतका स्रष्टाहरूले रचना वाचेका थिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी रेग्मीले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन्।

उक्त कार्यक्रममा पूर्व सांसद एवम् वरिष्ठ साहित्यकार हर्कमान तामाङ, संविधान सभा सदस्य एवम् जनगायिका मधु गुरुङ, प्राज्ञ खेम नेपाली, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, अग्रज स्रष्टा सरण राई, कवि तथा समीक्षक मिश्र बैजयन्ती, विराटनगर प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव दिनेशराज सुवेदी, प्रलेस कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल मूकदर्शक लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

स्रष्टा उमा सिजापती र शिव पराजुलीले सञ्चालन गरेकाे कार्यक्रममा अच्छा रसिक राई साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष केशव सुनाम, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, बेलबारी प्रज्ञाप्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, स्रष्टाहरू भवानीप्रसाद पोखरेल, तिला लेकाली, धनजित पराजुली, गोपाल निर्भीक, जेबी थुलुङ, डिल्लीराम ओझा, गणेश लामा, बादल चाम्लिङ, प्रिन्स प्रमोदकुमार ढकालकाे  उपस्थिति रहेकाे थियाे।

त्यस्तै कार्यक्रममा रामप्रसाद खरेल, तारा पराजुली, चूडामणि नेपाल, रमेन्द्र कोइराला, नवराज पोखरेल ‘नवशिला’, गोविन्द चोङबाङ, प्रेम गुरुङ, दीप मङ्ग्राती, मुना मिश्र, प्रकाश दिप्साली राई, नवीन थापा क्षेत्री, शैलेन घिमिरे, युवराज ठकुरी, दिलीप राई सगर, प्रयाग न्यौपाने, उमेश लुइटेल, चिरञ्जीवी काफ्ले, विनोद विवश घिमिरे, शेरबहादुर खपाङ्गी, प्रकाश भट्टराई, गोपाल नेपाल, शिव छाङ्छा राई, शेखर थापा मगर, सञ्जीव धिमाल, टेकराज एक्चाई मगर, चण्डी राई लगायतका स्रष्टा/कलाकारहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २ कार्तिक २०८२ ११:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App