दशैंको फूलपातीदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र 'बलिदान' लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्सको प्रमाणपत्र दिएको छ।
आज भएको सेन्सर प्रक्रियापछि समितिले बलिदानलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने प्रमाणपत्र दिएको हो । अब यो चलचित्र पिजी श्रेणीमा पर्न गएको छ।
दशैंलाई तोकेर सार्वजनिक हुन लागेको पारिवारिक र मनोरञ्जनमा आधारित चलचित्रप्रति दर्शकको उच्च अपेक्षा छ।
सन्तोष सेनले निर्देशित चलचित्र बलिदानको हालसम्म करिब २४० शो सुनिश्चित भएको छ। दर्शकको चलचित्रप्रति उत्साह र चासो देखेर सङ्ख्या तीन सयसम्म पुग्ने सम्भावना छ।
चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय छ।
प्रकाशित: १० आश्विन २०८२ २१:४९ शुक्रबार





