भदौ १९ देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ककाकिकी’ को प्रदर्शन मितिमा फेरबदल भएको छ।
‘ककाकिकी’ का निर्देशक विक्की अग्रवालले शनिबार सामाजिक सञ्जालमा चलचित्र स्थगित भएको सुचना दिएका छन्। ‘ककाकिकी’ हास्य जनरामा रहेको छ, देश दुःखद परिस्थितिबाट गुज्रिरहेको बेला चलचित्र स्थगित गरेको उनको भनाइ छ। उनले लेखे–‘देशको यस्तो दुःखद परिस्थितिमा एउटा हास्य चलचित्र लिएर आउनु र दर्शकलाई हँसाउनु कत्तिको उचित होला भनेर धेरै छलफल, सल्लाह र बैठक गरेपछि, अहिले जति नै नोक्सान बेहोर्नुपरे पनि, सबैभन्दा पहिले हाम्रो देशलाई सम्हालिन समय दिनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ।’
भदौ १९ गतेको मिति सारेर अब मङ्सिर ११ गतेदेखि चलचित्र प्रदर्शनमा ल्याउने विक्कीले उल्लेख गर्दै लेखे–‘हाम्रो पहिलो चलचित्र ‘का का कि की’ लाई अब नोभेम्बर २७ अर्थात् मङ्सिर ११ गते प्रदर्शन गर्ने निर्णयमा पुगेका छौँ।’
चलचित्रको लेखन निर्देशक विक्कीसँगै सरोज भण्डारी र विकास अर्यालले गरेका हुन्। ‘ककाकिकी’ मा रेखा थापा, गौरी मल्ल, तृप्ती नाड्कर, महेश त्रिपाठी, दीया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर र सुवर्ण थापा लगायत कलाकारहरूको अभिनय रहेको छ।
प्रकाशित: १३ भाद्र २०८३ १५:०६ शनिबार



-600x400.jpg)

-600x400.jpg)