कम्पनीको काम धमाधम चलिरहेको छ। बयालीस डिग्री तापक्रम छ। लम्बुले पसिना पुछ्दै स्याँस्याँ र फ्याँफ्याँ गर्दै अरू सहकर्मीहरूको मजाक उडायो, 'ए पुड्कापुड्की हो, धिक्कारै छ हगि तिमार्को जिन्दाकी पनि! न डाल छ न उचाइ हेर त कठै!'
केही बेरपछि गर्मी सहन नसकेर लम्बु लम्कँदै गयो र नजिकै चलिरहेको होचो पङ्खासामु थपक्क निहुरियो अनि आफूले लगाइरहेको सुरक्षा टोपी खोलेर पङ्खाअघि तालु थापिदियो।
यसरी लगभग छ फुटको मान्छे दुई फुटको पङ्खाले झुकाएको देख्न पाइयो।
प्रकाशित: १४ भाद्र २०८२ १३:४१ शनिबार


-600x400.jpg)


