१८ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

वरदान

लघुकथा

बहिनी ताराले साेधी, ‘योगमा जाँदै हुनुहुन्छ?’

‘जाँदै छु।’ मैले संक्षेपमा उत्तर दिएँ।

ताराले ज्यादै कर गरेपछि म योगमा जान थालेको हुँ। आदिवासी जनजाति भवन जब्दीमा हरेक विहान ४ः४५ बाट मनोक्रान्तिको योगाभ्यास हुन्छ।

संख्या बढी छैन। बढीमा १५ जनाले सहभागिता जनाउँदै छौं। म योगमा जान थालेको २५ दिन जति भयो। २५ दिन रमाइलोसँग बितेको छ। डिप्रेशनबाट मुक्त हुन, पेट घटाउन र शरीर स्फुर्ति राख्न योगले मद्दत गर्ने सुझाव प्राप्त भएपछि म योग जान थालेको हुँ।

म डिप्रेशनको औषधि खाँदै छु। मेरो पेट अस्वभाविक रूपमा बढेको छ। निन्द्राले पनि उस्तै सताउँछ। शरीर आलस्य हुन्छ।

अहिले शरीरमा हल्का स्फुर्तिपना थपिएको छ। पेट घट्न थालेको आभाश हुँदै छ। निन्द्रा त उस्तै लागिरहेकै छ।

तारा भन्थी, ‘योगपछि उसले औषधिहरू खान छोडेकी छे।’

विभिन्न रोगले  ग्रस्त ताराले औषधि छोडन पाएको भन्दा म आश्चर्यमा परेको छु।

ऊ भन्छे, ‘दाजु डिप्रेशनसिप्रेशन योगले टुङ्गोमा ल्याउँछ।’

म सोच्छु। योगले सबै ठिक हुने भए किन चाहियो डक्टर? किन चाहियो अस्पताल? किन चाहियो औषधि? किन पढ्न पर्‍यो चिकित्सा विज्ञान?

कतिपय रोगबाट छुट्कारा पाउन योगले मद्दत गर्ला। डिप्रेशन नै ठिक पार्ने कुरामा म विश्वस्त बन्न सकेको छैन। के मेरो जीवनमा योग वरदान सावित होला त?

प्रकाशित: १७ माघ २०८२ १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App